श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस ९ गते मङ्गलबार, २४ डिसेम्बर  २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको नवमी तिथि  २०ः०९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र हस्ता १२ः३१ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईष्र्या गर्नेहरूले हार खानेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारलगायत अर्थलाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा ध्यान पु¥याउनु होला । कामकाज सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। आफन्तजनसँग खानपानको अवसर मिल्नेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
योजना अधुरै रहनेछ। तापनि चुनौती पन्छाएर अघि बढ्न सकिनेछ। अध्ययनमा समय दिन नसकिएला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा र किनमेलमा बढी खर्च हुने समय छ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्दा काम सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।