श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १० गते बुधबार, २५ डिसेम्बर  २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको दशमी तिथि २२ः४६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र चित्रा १५ः३६ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, विस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही रकम खर्च हुने समय छ।परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउलान् ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । हतारको निर्णयले काम बिग्रन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महŒवाकाङ्क्षी योजना कार्यान्वयनमा आफन्तले बाधा पुर्याउलान्। आफ्नै वचनले अप्ठ्यारो पार्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा फाइदा उठाउन सफल भइनेछ । जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही सङ्घर्ष गर्नुपर्ला ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही समस्या आउनेछन् । दाजुभाइमा असमझदारी बढ्न सक्छ । नयाँ काम प्रारम्भ गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा राम्रै लाभ हुनेछ । चिताएको काममा सफलता मिल्नेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।