श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस ११ गते बिहीबार, २६ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको एकादशी तिथि भोलि ०१ः०२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र स्वाती १८ः२४ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा आम्दानी बढाउन सकिनेछ।स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पु¥याउनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।