श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल पुस १२ गते शुक्रबार, २७ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। पुष कृष्णपक्षको द्वादशी तिथि भोलि ०२ः४६ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र विशाखा २०ः४५ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विरोधीहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जटिल कामसमेत सम्पादन हुनेछ । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हल्लाको पछि लाग्दा दुःख पाइनेछ। मिहिनेत गरे विस्तारै उपलब्धि प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । सबैसँग मित्रता बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।