श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १४ गते आइतबार, २९ डिसेम्बर  २०२४, कालयुक्तनाम संवत्सर। पुष कृष्णपक्षको चतुर्दशी तिथि भोलि  ०४ः२२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र ज्येष्ठा २३ः४० बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य कमजोर रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।     
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमै उपलब्धि हातलागी हुनेछ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जटिल कामसमेत सम्पादन हुनेछ । अवसर र व्यवधानको उतार–चढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धैर्य एवम् लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनमा बाधा हुने तथा लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।