श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १५ गते सोमबार, ३० डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको औंसी तिथि भोलि ०४ः१६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मूल भोलि ००ः१४ बजे सम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला । गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। व्यर्थैमा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला। कामको चाप बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या दर्शाउँदा सहयोगीको साथ पाइनेछ।माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। दाम्पत्य सुमधुर रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी प्रशस्तै बढ्नेछ । भौतिक साधन प्राप्तिको योग छ।स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभको योजना कार्यान्वयन हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँटेको काम रोकिन सक्छ । समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। व्यर्थैमा दुःख पाइनेछ।