श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १६ गते मङ्गलबार, ३१ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर । पौष शुक्लपक्षको प्रतिपदा तिथि भोलि  ०३ः४० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वाषाढा भोलि ००ः१९ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र सङ्कल्प पूरा गर्न सकिनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गरे सेवामूलक काम सम्पादन गर्न सकिनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनसक्छ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सफलताका लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन मनोरञ्जनपूर्ण रहनेछ । विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । मित्रताको बन्धन कसिने समय छ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। कार्य शुभारम्भ गर्ने समय छ।