श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १८ गते बिहीबार, २ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। पौष शुक्लपक्षको तृतीया तिथि भोलि ०१ः२२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र श्रवण २३ः२२ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः ५४ बजे र सूर्यास्त ०५ः२१ बजे हुनेछ ।
काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । शुभचिन्तकहरूको साथ पाइनेछ । लगनशीलताले सङ्कल्प पूरा गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्य कमजोर रहनेछ भने नतिजा प्राप्त नहुनाले कामकाजमा बाधा पुग्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम प्रारम्भ गर्न सकिनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा सम्मान प्राप्त होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइसँग भेटघाट हुनेछ । सरसापटमा केही रकम बाहिरिन सक्छ । फाइदा उठाउनेहरू सक्रिय हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नतिजाका लागि काम दोहो¥याउनु पर्ला । पहिलेको सफलताले हौसला जगाउनेछ । केही लाभ मिल्ने देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गरेमा विभिन्न अवसर प्राप्त हुनेछन् । परिश्रमअनुसार लक्ष्य प्राप्त हुनेछ। दिन सामान्य बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।