श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १९ गते शुक्रबार ३ जनवरी २०२५, कालयुक्तनाम संवत्सर, पौष शुक्लपक्षको चतुर्थी तिथि २३ः५२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र धनिष्ठा २२ः२५ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः२१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष कर्म प्राप्तिको योग छ । होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा फाइदै हुनेछ तर विरोधीहरूले दुःख दिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। हुलमुलमा धनमाल हराउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरू टाढा हुने सम्भावना देखिन्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकर्षक उपहारले उत्साह जगाउनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।