श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस २१ गते आइतबार, ५  जनवरी  २०२५, कालयुक्तनाम संवत्सर। पौष शुक्ल पक्षको षष्ठी तिथि  २०ः२९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वभाद्र २०ः२९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटेको काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्याङ्कन तथा प्रतिफल प्राप्त हुनेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पु¥याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न स्रोत–साधन जुट्नेछन्। अड्किएको रकम उठ्नेछ र धन सङ्ग्रह पनि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थन्किएका वस्तुको उपयोग हुनेछ । पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । प्रतिष्ठा कमाउने बेला छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्तिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ।        
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा मनग्य फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ। काममा केही व्यवधान देखापर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन जित्न सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। चिताएको काममा बाधा पुग्नेछ ।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। विशेष योजना स्थगित हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ।