श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस २२ गते सोमबार, ६ जनवरी २०२५,कालयुक्तनाम संवत्सर, पौष शुक्लपक्षको सप्तमी तिथि  १८ः३९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरभाद्र १९ः२० बजेसम्म, उप्रान्त  रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ००ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। आँटेका काममा पनि बाधा पुग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयको सदुपयोग गर्न नसकिएला।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।       
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम दोहो¥याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ।    
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालसामान जोड्ने समय छ।