श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि.सं. २०८१ साल पुस २३ गते मङ्गलबार, ७  जनवरी  २०२५, कालयुक्तनाम संवत्सर। पौष शुक्लपक्षको अष्टमी तिथि १६ः४४ बज्सम्म, उप्रान्त नवमी, नक्षत्र रेवती १८ः०५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ००ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
किनमेल र यात्रामा अधिक खर्च हुनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय अनुकूल नरहेकाले महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा असमझदारी बढ्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ।       
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गरेमा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।    
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदा हुने काम हातलागी हुनसक्छ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म, कर्म तथा परोपकारमा प्रवृत्त भइएला। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। सामाजिक दायित्व बढ्नेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो क्षेत्रमा प्रभाव पार्न केही समय लाग्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।