श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस २४ गते बुधबार, ८ जनवरी  २०२५, कालयुक्तनाम संवत्सर, पौष शुक्लपक्षको नवमी तिथि १४ः४४  बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्विनी १६ः४६ बजेसम्म, उप्रान्त  भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ००ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको फाइदाका लागि उपयोग भइनेछ । अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ।      
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
माया मारेको नतिजासमेत सकारात्मक हुन सक्छ।धेरै बोल्दा समस्या आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भर पर्दा काम प्रभावकारी नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हिसाबकिताबमा सजग रहनुहोला। परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नु होला।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।