श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस २५ गते बिहीबार, ९  जनवरी  २०२५, कालयुक्तनाम संवत्सर। पौष शुक्लपक्षको दशमी तिथि १२ः४२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र भरणी १६ः४६ बजेसम्म,  उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ००ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रशस्तै भेटिनेछन । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। स्वादिष्ट भोजन मिल्ने योग देखिन्छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला । लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फजुल खर्च हुनसक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लेनदेनले साथीभाइमा असमझदारी देखिनेछ।कामकाजमा अलमल हुनेछ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले रोकिएको काम बन्नेछ । भौतिक साधन जुट्नेछन् । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।