श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस २६ गते शुक्रबार, १०  जनवरी  २०२५, कालयुक्तनाम संवत्सर। पौष शुक्लपक्षको एकादशी तिथि १०ः३८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र कृतिका १४ः०१ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ००ः२७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वादिष्ट भोजन प्राप्त हुनेछ।बेलामा होस नपु¥याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्ला।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक अभाव देखापर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । सहयोग गर्नेहरू कमै भेटिएलान्।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । आँटेको काम सम्पादन गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहला।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।