श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस २९ गते सोमबार, १३ जनवरी  २०२५, कालयुक्तनाम संवत्सर। पौष शुक्लपक्षको पूर्णिमा तिथि भोलि ०४ः११ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र आद्र्रा १०ः५० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ००ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । रोकिएका काम प्रारम्भ गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयले सम्मानित स्थान दिलाउन सक्छ । बोलीको प्रभावले फाइदा हुनेछ । दिन राम्रो रहेको छ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही वस्तु त्याग्नुपर्ने वा टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सरसापटमा गएको रकमले समेत मनग्य फाइदा दिनेछ।