श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल माघ १ गते मङ्गलबार, १४ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको प्रतिपदा तिथि भोलि ०३ः३५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पुनर्वशु १०ः५० बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः५८ बजे र सूर्यास्त ००ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थले काममा सफलता दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान–सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ। आम्दानीका स्रोत बढ्ने र दिगो फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष अवसरले प्रसन्नता दिलाउनेछ । काममा उत्साह जगाउनेछ। आकर्षक उपहार प्राप्त हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ, हौसला जाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अर्थअभावले काम पूर्ण नहुन सक्छ । कमजोरी सच्याउन काम दोहो¥याउनु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। साथीभाइको सहयोगले यात्रा हुनेछ।