श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल माघ २ गते बुधबार, १५ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको द्वितीया तिथि भोलि ०३ः३८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र तिष्य १०ः४० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः५७ बजे र सूर्यास्त ००ः२९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। पहिले रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महŒवाकाङ्क्षी योजना अहिले नै सार्वजनिक नगर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोगले लोकप्रियता दिलाउनेछ । विशेष उपहार प्राप्त गर्ने समय छ। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा फाइदा हुनेछ । कामले समाजमा स्थापित गराउनेछ । चुनौती पन्छाएर लाभ उठाउन सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका स्रोत बढ्नुका साथै काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धन तथा ज्ञानको भण्डार बढ्नेछ।काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तजनसँग भेटघाट होला।