श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ ३ गते बिहीबार, १६ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको तृतीया तिथि भोलि ०४ः२३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्लेषा ११ः२९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ००ः३१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दोहो¥याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।अवसर र व्यवधानका बीचबाट कर्मफल प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन पनि जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक क्रियाकलापमा फाइदा हुनेछ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।