श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ ४ गते शुक्रबार, १७ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको चतुर्दशी तिथि भोलि ०५ः४८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मघा १२ः५९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ००ः३३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बनाउन केही समय लाग्नेछ। मध्याह्नपछि केही अप्ठ्यारा समस्या सुल्झाउन जुट्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिवश अध्ययनमा बाधा हुनसक्छ। लगनशीलताले मात्र उपलब्धि दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्रोत पहिल्याउन सकिनेछ । उपलब्धि प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुपर्ला । चुनौतीहरूसँग जुध्नुपर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । आँटले काम लिन सकिनेछ। प्रयत्न गर्दा रोकिएको योजना पूर्ण हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको जिम्मेवारीसमेत सजिलै वहन गर्न सकिनेछ। चुनौती पन्छाएर पनि चिताएको काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ । बोलीको प्रभाव बढ्नाले नयाँ अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको उपलब्धिले थप उत्साह जगाउनेछ।प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।