श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ ६ गते आइतबार, १९ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको पञ्चमी तिथि ०७ः५० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरफाल्गुनी १७ः४६ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त १७ः३४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खानपानमा ध्यान दिनुहोला । अध्ययनमा त्यति समय दिन नसकिएला । व्यवसाय सामान्य अवस्थामै चल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महŒवाकाङ्क्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हड्बड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा दिएको वचनले समस्या पर्नेछ। आफ्नै व्यवहारले साथीभाइ टाढिन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति प्रतिकूल हुनाले पहिलेको निर्णयमा पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । योजना गोप्य राख्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपु¥याउँदा समस्या पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सावधानीले उपलब्धि जोगिनेछ । अवसर प्राप्त भए पनि समयको महŒव नबुझ्नाले पछि परिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोली व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।