श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल माघ ७ गते सोमबार, २० जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको षष्ठी तिथि १०ः१८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र हस्ता २०ः४६ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त १७ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विवादले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। खर्चिलो काम गर्नुपर्ने देखिएकाले कर्जामार्फत् धन जुटाउनुपर्ने हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदा लिँदा पछिको लाभांश गुमाउनु पर्ला । श्रमको उचित प्रतिफल हातलागी हुन समय लाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । परिस्थिति बिग्रन सक्छ । फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित व्यक्तिबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भङ्ग हुनसक्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।