श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ ८ गते मङ्गलबार, २१ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको सप्तमी तिथि १२ः५९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र चित्रा २३ः५२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त १७ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ।मिहिनेत विशेष अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदा मात्र हेर्दा आलोचित भइनेछ । बेसुरमा लिइएको निर्णयले समस्या निम्त्याउने हुँदा सजग रहनुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन्। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा पछि परिनेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सहयोगले लाभ उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न उपहार प्राप्त हुने समय छ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ।