श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ ९ गते बुधबार, २२ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको अष्टमी तिथि १५ः३६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र स्वाती भोलि ०२ः४९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त १७ः३६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा आम्दानी बढाउन सकिनेछ।स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य कमजोर रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला।व्यवहारमा पछि परिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ। प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउन सक्छन्।