श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ १० गते बिहीबार, २३ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको नवमी तिथि १७ः५५ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र विशाखा भोलि ०५ः२३ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त १७ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयम् कमजोर हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा जित हुनसक्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। प्रतिस्पर्धामा पछि परिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। महŒवाकाङ्क्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।