श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ ११ गते शुक्रबार, २४ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको दशमी तिथि १९ः४३ उप्रान्त एकादशी, नक्षत्र अनुराधा भोलि ०७ः२३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त १७ः३८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुनसक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोग नाजुट्नाले अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। कामकाजमा केही अप्ठ्यारो पर्नेछ।