श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ १३ गते आइतबार, २६ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको द्वादशी तिथि २१ः१४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र ज्येष्ठा ०८ः४२ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त १७ः३९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। अवसर खोज्ने समय छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष उपहार प्राप्त हुनसक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनमा समय बित्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा आम्दानी बढाउन सकिनेछ।स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। काम थाल्न विचार पु¥याउनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। छोटो दूरीको यात्रा रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ।