श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ १४ गते सोमबार,
२७ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको त्रयोदशी तिथि
२०ः५५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मूल ०९ः१९ बजेसम्म, उप्रान्त
पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त १७ः४०बजे
हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्यात्मभाव जागृत हुनुका साथै धर्म, कर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।परिस्थिति असहज रहने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। फाइदा उठाउनेहरू सक्रिय हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वादविवादमा अघि नसर्नु होला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ । सम्भावना खोजी गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जनमा अल्मलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरव्यवहारमा पनि समस्या आउन सक्छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ।रोकिएको काम प्रारम्भ गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। योजनाअनुसार समयमै काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
माया मारेको नतिजासमेत सकारात्मक हुनेछ। यात्राको प्रक्रिया अघि बढ्ने समय छ।