विराटनगर  /  एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका विच पुस्तक सार्वजनिक गरेका थिए ।  पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको उनले बताए ।

प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान कार्यक्रममा पुस्तकले हिजोलाई फर्केर हेर्ने काम भएको बताए । पुस्तकका माध्यमबाट भोलि गर्ने काम पनि देखाईएको सभामुख घिमिरेको भनाई छ । 

नेकपा एमालेकी उपाध्यक्ष एवं वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सङ्घीय गणतन्त्रलाईलाई वलियो बनाउन इतिहासको भूमिका रहेन बताइन । कार्यक्रममा नेकपा एमाले काेशी प्रदेश इञ्चार्च  शेरधन राई, काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

 लेखक एवं नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले प्रजातन्त्र र एवं लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफुसँग सम्बन्ध जोडिएका चार सय पात्रहरुको विवरण पुस्तकमा समावेश गरिएको  बताएका थिए । कार्यक्रममा चन्द्र भण्डारी , निर्मला कोइराला,प्राडा रमेशप्रसाद भट्टराई,  विमला दाहाल घिमिरेले पुस्तकबारेमा चर्चा गरे । 

पुस्तकका पात्र सम्मानित 

सोही अवसरमा सभामुख घिमिरेले नेकपा एमालेका उपाध्यक्ष शाक्य सहित १२ जना पुस्तकका मुख्य पात्रहरुलाई सम्मान गरिएको 

 छ । विराटनगर १ की माधवी रिमाल, रामप्रसाद देवकोटा, धरानका हर्क चुम्वे, स्व. रमाप्रसाद रिजाल, कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरेलगायतलाई सम्मान गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्व मन्त्री घिमिरेले विसं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन् । पार्टी राजनीतिकसँग जोडिएका घटनाहरू, सो घटनामा संलग्न करिब ४ सय पात्रहरूका विषयहरू पुस्तकमा समेटिएको छ । २०३६–०४६ आन्दोलनका समयका पात्रहरूका बारेमा थेसिस गर्न चाहनेहरूका लागि पुस्तक उपयोगी श्रोत हुने लेखक घिमिरेको भनाई छ ।