श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत ५ गते मङ्गलबार, १८ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको चतुर्थी तिथि १०ः२९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र  स्वाती ०६ः०९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः०९ बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुने समय छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिताएको काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइको आगमनले परिवेश उल्लासमय रहनेछ।रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा जोगाउन सफल भइनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। काम सजिलै सम्पादन हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तान वा अनुयायीले साथ दिनेछन्।साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम् व्यवहारले समस्या निम्त्याउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।