श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल चैत १५ गते शुक्रबार, २८ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र कृष्ण पक्षको चतुर्दशी तिथि ०८ः१० बजेसम्म, उप्रान्त औंसी, नक्षत्र पूर्वभाद्र भोलि १०ः२२ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः५८ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। पहिलेको चुनौती समाप्त होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिबन्दले अलि अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।