श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत्र १९ गते मङ्गलबार, १ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्लपक्षको तृतीया तिथि ०५ः५९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र भरणी ११ः२१ बजेसम्म, कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०६ः२१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरेको काम सम्पादन हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मालसामान हराउने सम्भावना देखिएकाले होसियारीसाथ काम लिनुहोला। प्रलोभन देखाउनेहरूले झुक्याउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अनावश्यक किनमेलमा अधिक रकम खर्च हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिणाम विचार नगरी काम थाल्दा दुःख मात्र पाइनेछ। नियमित काम तथा व्यवसायमा ध्यान पु¥याउनु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रकम जुटाउन समय लाग्नेछ।पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। नयाँ काम थालनी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ।मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।