श्री शालवाहनिय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत २७ गते बुधबार, ९ अप्रिल २०२५, कालयुक्त संवत्सर। चैत्र शुक्ल पक्षको द्वादशी तिथि ११ः१६ उप्रान्त त्रयोदशी, नक्षत्र मघा १०ः१३ बजेसम्म पुर्वफाल्गुनी, चन्द्रराशी,  सिंह, सुर्योदय ०५ः४५ बजे र सुर्यास्त ०६ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम सन्तोषजनक नभए पनि दोहो¥याएर प्रयास गर्नुहोला । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ । यात्राको साइत जुर्न सक्छ । परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदाका लागि काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।