श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख ९ गते मङ्गलबार, २२ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको नवमी तिथि ०६ः३३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र श्रवण ०१ः०२ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः३२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखापर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले समाधान दिलाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। तर विरोधीहरूले दुःख दिनेछन्, सजग रहनुहोला।नयाँ अवसर पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौती देखापर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दुःख दिनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्म, कर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेको काम रोकिने भयले सताउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।