श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख १२ गते शुक्रबार, २५ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको द्वादशी तिथि ११ः५८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वभाद्र ०९ः४० बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः२९ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यक भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। दिन सामान्य रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा राम्रै फड्को मार्ने समय छ । मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा महŒवपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कामको मेसो नमिल्दा पछि परिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरका बीचबाट कर्मयोग अघि बढ्नेछ। लक्ष्यमा पुग्न समय लाग्नेछ। कामकाजमा विलम्ब हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुनसक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला ।