श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख १५ गते सोमबार, २८ अप्रिल २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको प्रतिपदा तिथि भोलि ०१ः१५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अश्विनी भोलि १२ः५० बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः२८ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनग्य धन आर्जन होला । नयाँ काम सुरु गर्ने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिअनुसार चल्न नसक्दा केही मौका गुमाउनु पर्ला। टाढिएका आफन्तको यादले पिरोल्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
होसियारीसाथ काम लिनुपर्ने समय छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट प्रशस्त नाफा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा होला । नयाँ काम गर्न समयले साथ दिनेछ । भौतिक साधन जुट्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको सफलताले पति थप अवसर दिलाउन सक्छ।सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भूमि, वाहन र पैतृक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।प्रेमसम्बन्धमा सफलता प्राप्त हुनेछ ।