श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ४ गते शुक्रबार, १७ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख कृष्णपक्षको औंसी तिथि ०५ः४० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र रेवती १२ः१८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः३७ बजे र सूर्यास्त ०६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । सहयोग गर्नेहरू कमै भेटिनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।चिताएको कामले राम्रै लाभ दिलाउनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुने समय छ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक दायित्व बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ ।