श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ६ गते आइतबार, १९ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको द्वितीया तिथि ११ः०९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र भरणी ०७ः२७ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः३५ बजे र सूर्यास्त ०६ः३०बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले लक्ष्यमा पु¥याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मानसमेत दिलाउनेछ।