विजयपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोशी प्रदेश समितिको संयोजकमा पुनः सरोज श्रेष्ठ चयन भएका छन् ।
बुधबार धरानमा सम्पन्न सातौँ प्रदेश अधिवेशनबाट श्रेष्ठ निर्विरोध चयन भएका हुन् । संयोजक श्रेष्ठका अनुसार समितिको सहसंयोजकमा टंकप्रसाद दवाडी, सचिवमा नेत्र बहादुर थापा, कोषाध्यक्षमा हरि थापा चयन भएका छन् । समितिको खुल्ला सदस्यमा कृष्णबहादुर कार्की, दुर्गाराम अर्याल, दिनेश सिटौला, गोपाल बराल, कमल राज दाहाल, रुद्रबहादुर बराल, भरत खतिवडा र ओम भक्त मैनाली चयन भएका छन् । यस्तै, वर्गीय सदस्यमा मिलन विश्वकर्मा, हिमाल पाण्डे, विष्णु प्रसाद दुलाल, इन्द्रबहादुर बस्नेत र महिला सदस्यमा मन्दिरा चौधरी चयन भएका छन् ।