विजयपुर। सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सुधार गर्ने उद्देश्यसहित नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनाइने जानकारी दिएका हुन्। सरकारले स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी र सेवामुखी बनाउन कर्मचारी प्रोत्साहन तथा सुविधा वृद्धि गर्ने नीति लिएको जनाएको छ।