विजयपुर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रको विकासमा ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विस्तार र खेलाडीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिएका हुन् ।


बजेटअनुसार देशका प्रमुख ८ शहरहरूमा अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिनेछ भने ८ हजार दर्शक क्षमताका १० वटा रङ्गशालामा फ्लडलाइट जडान गरी रात्रिकालीन खेल सञ्चालनयोग्य बनाइनेछ ।


त्यस्तै, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला र कैलालीको फाप्ला रङ्गशालाको निर्माण तथा स्तरोन्नतिका लागि लगानी मोडालिटी तय गरिने बजेटमा उल्लेख छ ।