काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ३३ अङ्कले बढेर ४६० दशमलव ६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक १ दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने १ दशमलव ५७ अङ्कले बढेर एक सय ५६ पुगेको छ ।


आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहको सेयर बढेको छ । नेप्सेका अनुसार कलङ्गा हाइड्रो लिमिटेड, आरबिबी फोकस ४० म्युचुअल फण्ड र सानीगढ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिटिजन बैंकको डिबेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् । रासस