काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० ले बढेको छ भने चाँदी  ३५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला  दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ४७५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदीरु चार हजार ५१० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस