कोशी नदीस्थित ब्यारेजमा एक महिनाअगाडि डल्फिन देखिएको भन्दै फेसबुकमा तस्बिरहरू भाइरल भएका छन् तर हाम्रो तथ्य जाँचले उक्त तस्बिर एआई निर्मित रहेको पाएको छ ।
के हो दाबी ?
फेसबुक पेज सञ्चालन गर्दै आएको रुटिन अफ नेपाल बन्द (Routine of Nepal banda) ले बुधबार (२०८३ असार ३१ गते) कोशी नदीमा एक महिनाअगाडि डल्फिन देखिएको भन्दै तस्बिर अद्यावधिक गर्याे । उसले "वाउ...कोशी ब्यारेज क्षेत्रमा गत महिना डल्फिन देखियो" (Wow... Dolphin as seen in Koshi Barrage area last month.) भन्दै फेसबुक पेजमा सामग्री हाल्यो । उसले तस्बिरको क्रेडिट दीप मन्जु (Deep manju) लाई दिएको छ ।
हामीले तथ्य जाँच गर्दा उक्त सामग्री ३२ हजारभन्दा बढीले रियाक्सन गरेका छन् । २५८ पटक कमेन्ट गरिएको छ भने ४१ पटक शेयर भइसकेको छ ।
हेर्नुहोस् स्क्रिन सटः

रुटिन अफ नेपाल बन्दको लिङ्क र अर्काइभ लिङ्क ।
के हो तथ्य ?
यसको तथ्य जाँच गर्न हामीले गुगल रिभर्स इमेज सर्चको सहायता लियाैँ। उक्त तस्बिरलाई रुटिन अफ नेपाल बन्दसहित अन्य फेसबुक पेजहरूले पनि सामग्री हालेको पायाैँ। उक्त तस्बिरलाई डाउनलोड गरी एआई डिटेक्टर टुल्स हाइभ मोडरेसनमा चेक गर्दा ९८.४ प्रतिशत एआईबाट निर्मित रहेको पुस्टि गर्याे।
हेर्नुहोस् स्क्रिन सटः

यस्तै अन्य एआई डिटेक्ट गर्ने टुल्सको पनि सहायता लियैँ । वाज इट (wasitAI) नामक टुल्समा जाँच गर्दा पनि एआई निर्मित भनी देखायो ।
हेर्नुहोस् स्क्रिन सटः

यसै गरी हामीले जिरो जेपिटी (ZeroGPT) मा पनि फोटो अपलोड गरी जाँच गर्दा ९४ प्रतिशत झुटो भनी तथ्य दियो ।
हेर्नुहोस् स्क्रिन सटः

यसपश्चात मेटाडाटा हेर्नका लागि जिम्पल डटकममा फोटो अपलोड गर्याैँ । उक्त तस्बिरको मेटाडाटा हेर्दै जाँदा सन् २०२३ जुन २५ मा फोटो निर्माण गरेको पायाैँ । एडोब फोटोसप २५.३ को प्रयोग गरी सम्पादन गरेको भेट्याैँ । रातको ११ बजेर ५७ मिनेट १४ सेकेन्डमा तस्बिर सम्पादन गरेको भेटियो ।
हेर्नुहोस् स्क्रिन सटः

यस्तै एक महिना अगाडि कुनै सञ्चार माध्यमले यसबारे समाचार प्रकाशित गरेको छ छैन भनी गुगल क्रोमको एडरेस बारमा गई एडभान्स सर्चअन्तर्गत "कोशी ब्यारेजमा डल्फिन देखियो", "कोशी नदीमा डल्फिन" भन्ने किवर्ड पनि हानेर हेर्याैँ। म्याच नभएको जानकारी प्राप्त गर्याैँ ।
तथ्य जाँच
दाबीः कोशी नदीस्थित ब्यारेजमा एक महिनाअगि डल्फिन देखिएको भनी फेसबुकमा प्रचार ।
दाबीकर्ताः रुटिन अफ नेपाल बन्द ।
तथ्य/निष्कर्षः भ्रामक (Miss leading) । कोशी नदीमा बेला बेला डल्फिन देखिने गरेको तथ्य सार्वजनिक हुँदै आए पनि हालै डल्फिन देखिएको आधिकारिकता पुस्टि हुन सकेन ।