काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४०० ले बढेको छ भने चाँदी  ९० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल  दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य  चार हजार ३२५ निर्धारण भएको छ । 

हिजो एक तोला सुन  दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९  र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस