विराटनगर । स्वतन्त्र नागरिक अभियान नेपालको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की चयन भएका छन् ।

कार्की ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकका प्रमुख सञ्चालन अधिकृतसमेत हुन् । उनलाई कोशी प्रदेशमा अभियानको नेतृत्व गर्दै संगठनका गतिविधिहरूलाई अघि बढाउने जिम्मेवारी दिइएको हो । नागरिकका सवाल, सुशासन, पारदर्शिता तथा जवाफदेहिताका विषयलाई प्राथमिकतामा राख्दै अभियानलाई प्रदेशभर विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ ।

कार्कीको नेतृत्वमा कोशी प्रदेशमा अभियानका गतिविधिहरू थप प्रभावकारी हुने र नागरिकका समस्या तथा सरोकारका विषयलाई सशक्त रूपमा उठान गरिने अभियानले जनाएको छ । अभियानले कार्कीको नेतृत्वबाट संगठनलाई थप मजबुत र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।