विजयपुर । सुनसरीको धरानमा ‘दोस्रो गौधारा फेस्टिभ कप अन्डर–१४ फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ ।

युवा साथी धरान–३ को आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता आगामी असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुने भएको हो । प्रदेश तथा क्लबस्तरीय प्रतियोगितामा धरान, सुनसरी तथा आसपासका क्षेत्रका विभिन्न फुटबल एकेडेमी र क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

युवा साथी धरान–३ का अध्यक्ष सरल उदासका अनुसार बालबालिका तथा युवालाई कुलत, कुसङ्गत र मोबाइलको अत्यधिक प्रयोगबाट टाढा राख्दै खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनले प्रतियोगिताले बालबालिकाको खेलकुद क्षमता विकाससँगै अनुशासन, नेतृत्व क्षमता र सर्वाङ्गीण विकासमा समेत सहयोग पुग्ने बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघ तथा कोशी प्रदेश एन्फाबाट सहयोग तथा समन्वय रहने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन युवा साथी धरान–३ ले खेलप्रेमी, संघ