स्वास्थ्य

    Showing ५१-६० of २,०७१ items.
  • काेराेना भाइरसको सङ्क्रमणमा मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो

    बीबीसी/ चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको र ४,००० जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन्। यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन्। चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ। अन्

    • प्रकाशित मितिः माघ १४, २०७६
    • ३१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नोबेल कोरोना भाइरस सङ्क्रमण : यसरी बचाै‌

    चीनमा फैलिएको कोरोना भाइरसले संसारको ध्यान खिचिरहेको छ । श्वास प्रश्वास प्राणलीमा सङ्क्रमण गर्ने उक्त भाइरसको सण््क्रमित ब्यत्ति नेपालमा समेत पाइनुले नेपालमा समेत यसका बारेमा सतर्कता र अग्रिम बच्ने उपाय अवलम्बन गरिनु आवश्यक छ । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोवायोलोजिस्ट उप प्राध्यापक हेमन्त खनालका अनुसार यो रोगको सङ्क्रमण जो कोहीलाई पनि हुने हुँदा सङ्क्रमित क्षेत्रबाट नेपाल आउने सबैमा स्क्रिनिङ गर्न आवश्यक रहेको उनी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट समेत धेरै पर्यटक आउने भएको हुँदा अग्रिम यसका बारेमा प्राविधिक तयारी गरिनुपर्ने समेत उनले बताए । हाल चीनमा फैलि

    • प्रकाशित मितिः माघ १३, २०७६
    • ३५५ पटक पढिएको
    • धिरेन लिम्बू
  • पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या

      समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले सो कुरा औल्याउँदै मानसिक स्वास्थ्यसम्बन्धीको विषयलाई बेवास्ता नगरी प्रभावकारीरूपमा लैजानुपर्नेमा जोड दिएका छन् । मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ताले हरेक देशमा समस्याको पहिचान गरी सोही आधारमा उपचारात्मक पद्दति अपनाउनु आग्रह समेत गरेका छन् । सम्मेलनको दोस्रो दिनको सत्रमा नेपाली प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रले समेत स

    • प्रकाशित मितिः माघ १२, २०७६
    • २०० पटक पढिएको
    • नारायण ढुङ्गाना
  • कोरोना भाइरसः यो कति घातक छ ?

    विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको ज्यान गएको खबर प्राप्त भएका छन्। यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या अझै बढिइरहने बताइरहेका छन्। बिरामीलाई निमोनिया गराउँने नयाँ भाइरस विश्वभरिका स्वास्थ्य अधिकारी तथा विज्ञहरूका लागि चिन्ताको विषय हो। त्यसैले उनीहरू उच्च सतर्कताको अवस्थामा छन्। तर के यो कोरोनाभाइरस सङ्क्रमण आज देखिएर भोली नै हराउँन

    • प्रकाशित मितिः माघ ११, २०७६
    • २३९ पटक पढिएको
    • विविसी
  • झापामा भयावह बन्दै लागूऔषध

    बिर्तामोड / घटना १ : माघ ३ गते बिर्तामोडको एक विद्यालय नजिकैबाट प्रहरीले सोही नगरपालिका–२ का विकास उप्रेती र सुवास तामाङलाई पक्राउ ग¥यो । उनीहरूको साथबाट २७ वटा पोकामा राखिएको अवस्थामा ३ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद भयो । घटना २ : लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले माघ ७ गते बिर्तामोडको एक होटलमा बसिरहेको अवस्थामा मेचीनगर–१३ का रोशनी तामाङ, सोही ठाउँका विवेक ताम्लिङ सुब्बा र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका बस्ने राजेन्द्र शिवाकोटीलाई पक्राउ ग¥यो । उनीहरूको साथबाट १६ ग्राम ब्राउन सुगर प्रहरीले बरामद ग¥

    • प्रकाशित मितिः माघ ११, २०७६
    • ५१० पटक पढिएको
    • प्रेम आचार्य
  • 'नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटियो’

    काठमाडाै । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा

    • प्रकाशित मितिः माघ ११, २०७६
    • २४१ पटक पढिएको
    • रासस
  • प्रतिष्ठानमा इआरसीपी विधीबाट पित्त नलिको पत्थरीको विना शल्यक्रिया उपचार

    धरान /  धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी मार्फत पित्त नलीमा पत्थरी भएका ७० जना विमारीहरुको  सफल रुपमा निकालेको छ । इआरसीपी बिधि मार्फत हालसम्म ७० जना विमारीको सफल उपचार गरिएको प्रतिष्ठानका ग्याष्टङोइटेरोलोजी विभागका प्रमुख डा. विक्रम प्रधानलले जानकारी दिए । इआरसीपी भनेको बिना चिरफार पित्त नलीको पत्थरी (ढुंगा) निकाल्ने प्रविधि हो । १ सेमी भन्दा भन्दा ठूलो ढुङगा बने पछि यस अघि शल्यक्रिया गरेर मात्र ढुङगा निकालिदैं आएको थियो । तर अव १ सेमी भन्दा ठूलो ढुंग ाबने पनि दुई पटक गरेर निकाल्न सकिन्छ । एक महिना अघि नयाँ प्रविधी आए पछि विना शल्यक्रिया पित्त नलिको ढुं

    • प्रकाशित मितिः माघ १०, २०७६
    • १,०७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना भाइरसको संक्रमण बढेपछि चिनकाे ९ वटा शहरमा यातायात सेवा र आवतजावत बन्द

    बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट प्रप्त समाचारमा जनाइएको छ । शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ । अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी द

    • प्रकाशित मितिः माघ १०, २०७६
    • १५६ पटक पढिएको
    • रासस/एएफपी
  • पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्रकालागी चन्द्रप्रसादले गरे जग्गादान

    पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ को न्यु क्षितिज टोलमा केन्द्र सरकारको ३८ लाख लगानीमा आधारभुत स्वास्थ्य केन्द्रको भवन बनाउनका लागि एक स्थानीयले २ कठ्ठा १० धुर जग्गा दान गरेका छन् । स्थानीय चन्द्रप्रसाद अधिकारीले केन्द्रीय स्तरबाट सबै स्थानीय तहको वडा स्तरमा एक आधारभुत स्वास्थ्य केन्द्र निमार्ण गर्नु पर्ने प्रावधानलाई सघाउन आफुले निस्वार्थ भावनाले जग्गा उपलब्ध गराएको जनाए । उनले वडा कार्यालयलाई पूर्जा हस्तान्तरण गरेका छन् । स्वास्थ्य चौकी निमार्णका लागि केन्द्र सरकारले ३८ लाख बजेट उपलब्ध गराउने ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले बताए । उनले राम्रो कामको लागि जग्गा दान गर्नु हुने ज

    • प्रकाशित मितिः माघ १०, २०७६
    • १३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिर्गौला पीडित महिलालाई सहयोग

    धरान । दुवै मिर्गौला खराब भएकी धरान ४ की तालकुमारी मगरलाई इजरायलमा रहेका नेपालीबासी र धरानबासीले सहयोग गरेका छन् । ३८ वर्षीया मगरको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि वैदेशिक रोजगारी अन्तर्गत इजरायलमा रहेकी चन्द्रमाया कोयी राईको पहलमा ९० हजार रुपैयाँ तथा धरानबासीले १४ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोयी धरान ११ निवासी हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकी उनलाई प्रतिष्ठानका मेडिसिन विभागका प्रुमख तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्माले रकम हस्तान्तरण गरे । त्यसक्रममा उनले प्रतिष्ठानले सक्दो उपचारमा सहुलियत दिने बताए । कोयीले मगरको उपचारका लागि

    • प्रकाशित मितिः माघ ८, २०७६
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved