पं.ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)–जीवनसाथीको सहयोगले आयआर्जनको नयाँ श्रोत मिल्नेछ । राजनिती तर्फ बहुमतको समर्थन मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)– धनमाल चोरी हुन सक्छ । झुट्टो आरोप लाग्ने योग छ । काममा जसभन्दा अपजस बढी मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)– सन्तान सुखको योग छ । सुखद समाचार सुन्न मिल्नेछ । मन प्रसन्न रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –दिन मनोरन्जनपूर्ण रहनेछ । खानपानका कारण स्वास्थ्यमा केही समस्या देखिनेछ । आर्यआर्जनमा कमि हुने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)– लेनदेन कारोबार र लामोयात्राका लागि समय पर्खनु पर्नेछ । व्यापार व्यवसायमा बृद्धि हुनेछ । आफन्तको सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)– तपाईका कार्य शैलीकोे धेरैले प्रसंसा गर्नेछन् । सामाजिक परोपकारजन्य कार्यमा मन लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– धनमान र सम्मान मिल्नेछ । व्यापारमा बृद्धि हुनेछ । पदोन्नतीको योग छ । प्रतिष्ठामा बृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)– आफन्तका स्वास्थ्यमा समस्या बढ्नेछ । अनावश्यक क्षेत्रमा खर्च गर्नुपर्ला । व्यवसायमा घाटा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–व्यापार व्यवसायमा प्रशस्त नाफा मिल्नेछ । यात्रा मनोरन्जनपूर्ण रहनेछ । सामाजिक कार्यमा लाग्नु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– पुरानो लगानी उठ्नेछ । मान्यजनबाट आदर मिल्नेछ । आकस्मिक धन प्राप्तीको योग छ । मिष्ठास भोजनको प्राप्त होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)– सामाजिक कार्यमा नेतृत्वदायी भुमिका रहने । घरपरिवारमा सुख शान्ति रहनेछ । आयश्रोत यथावत रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, च) – सानोतिनो कुराले झगडाको रुप लिनेछ । चोटपटकको सम्भावना छ । मुद्धामामलामा पछि परिएला ।