वि.सं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११ः५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व (दक्षिणपूर्व बारपाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो । विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पले नेपालमा दशौँ हजार मानिसको ज्यान गयो । नेपालसँगै रहेका भारत, चिन र बंगलादेशमा पनि कैयौ मानिस हताहात भए । भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किए । वसन्तपुर दरवार क्षेत्र पनि क्षतविक्षत भयो । भूकम्पले राजधानी काठमाडौंमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढालेर ध्वस्त बनायो । विनाशकारी भूकम्प गएको वर्ष दिन बित्यो । तर पीडामा अझै खाटा बसेको छैन । पुनर्निर्माण अभियानले गति लिन सकेको छैन । पीडितहरुले पुनरवास पाएका छैनन् । आज उही समय दोहोरिएर आएको छ, एक वर्ष पछि । आजको मितिले त्यो कालो दिनको सम्झना गराइदिएको छ । हामी पनि सम्झना गरौँ त्यो अविस्मरणीय पीडाको दिनलाई तस्विरहरूमा, हेर्नुहोस् विनाशकारी भूकम्प ०७२ को विनाश लिला फोटो फिचर
